ad ad

समाज


२ हजारमा कोरोना पुष्टि, ४ हजार ९ सय निको

२ हजारमा कोरोना पुष्टि, ४ हजार ९ सय निको

नेपालखबर
असार १२, २०७८ शनिबार ११:१३,

पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् भने दोब्बर बढी निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ९ हजार  ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ । 

२४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .