कारोबार


हैसियत नभएका सहकारी क्षमतावानसँग मर्जरमा जाउः मन्त्री अर्याल

हैसियत नभएका सहकारी क्षमतावानसँग मर्जरमा जाउः  मन्त्री अर्याल

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १३:२७,

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताएकी छन्।

सहकारी विभागले बिहीबार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा गरेको सहकारीमा एकीकरण विषयक छलफललाई सम्बोधन गर्दै मन्त्री अर्यालले नाममात्रका सहकारी मर्जरमा जानुको विकल्प नरहेको बताएकी हुन्।

संस्था धेरै दर्ता हुदैमा संस्थाको औचित्य पुष्टि नहुने भन्दै उनले दर्ता गरेर छोडिदिने र वर्षमा एकपटक साधारणसभा गर्ने सहकारीलाई मर्जरमा जान निर्देशन गरिने बताइन्। सहकारीलाई उत्पादनमा जोडि बजारीकरणको व्यवस्था गरिनुपर्ने उल्लेख गर्दे उनले हैसियत नभएका सहकारी संस्थाहरु क्षमतावान र हैसियत भएकासँग मर्जरमा जानुपर्ने बताइन्। उनले संख्या गनेर र औँला भाँचेर मात्रै सहकारीको विकास र प्रवद्र्धन हुन नसक्ने भएकाले उत्पादनमुखी बनाउनका लागि मर्जर अत्यावश्यक रहेको बताइन्।

सरकारले यसअघि स्वायत्त रहेका सहकारी संस्थाहरुलाई विभिन्न ऐन मार्फत राष्ट्र बैंकको अनुगमनको दायराभित्र ल्याउने प्रयास गरिरहेको छ। यसले सहकारीमा मौलाउँदै गएको वेथिति अन्त्य हुने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .