ad ad

समाज


बीपी प्रतिष्ठानका उपकुलपतिविरुद्ध अख्तियारमा उजुरी

बीपी प्रतिष्ठानका उपकुलपतिविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
असार १०, २०७८ बिहिबार १०:४२,

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

शशी विक्रम कार्की र आशिष राईले गिरीको शैक्षिक योग्यताको विषयमा छानबिन गर्न माग गर्दै अख्तियरमा उजुरी हालेका हुन्।

उजुरी निवेदनअनुसार डा. गिरीले कुनै विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको भन्दै उनको योग्यतासम्बन्धी सबै कागजातहरुको विस्तृत अध्ययन गरी दोषी पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .