ad ad

समाज


पाँच वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय काका पक्राउ

पाँच वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय काका पक्राउ

नेपालखबर
असार १०, २०७८ बिहिबार ८:५१,

तनहुँमा भतिजीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काका पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ।

पाँच वर्षीया भतिजीलाई जबर्जस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .