सर्लाहीमा इँट्टा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको ज्यान गएको छ।
ज्यान जानेमा सर्लाहीको मलंगवा नगरपालिका–११, गम्हरिया निवासी सद्दाम अन्सारीका छोराद्वय ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान दाजुभाइ बाख्रा चराउन गएको बेला पल्सी भन्ने ठाउँमा इँट्टा भट्टा बनाउन माटो झिकेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। बिहान साढे ११ बजे दुबै दाजुभाई पौडी खेल्न पसेपछि डुबेको सार्लाही प्रहरीले जनाएको छ।
दुबै दाजुभाइ डुबे पछिसँगै बाख्रा चराउन गएका अर्का बालकले गाउँमा हल्लाखल्ला गरेपछि स्थानीयले सिकिस्त अवस्थामा दुबै उद्दार गरेर जिल्ला अस्पतालमा पुर्याएका थिए। दुबै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
एक साता अघि मात्र माछा पालनका लागि खनिरहेको पोखरीमा जमेको पानीमा डुबेर धनुषाको मुखियापट्टी मुसहरनियाका ५ बालिकाको डुबेर मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया