भक्तपुरको एक घरमा चोरी गरेर भाग्दै गरेको चोरलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन्।
चागुँनारायण नगरपालिका–८ रानीबारीबाट करिब ३ लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २३ वर्षीय दिपक गिरीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।
गिरीले स्थानीय ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका गरगहना सहित उक्त रकम बराबरको धनमाल चोरी गरेर भागेका थिए।
स्थानीय बासिन्दाको सहयोगमा पक्राउ परेका गिरीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया