राजनीति


संसदीय समितिलाई मन्त्री यादवको चेतावनीः मन्त्रीको अनुपस्थितिमा निर्णय नगर्नुहोला

संसदीय समितिलाई मन्त्री यादवको चेतावनीः मन्त्रीको अनुपस्थितिमा निर्णय नगर्नुहोला

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १०:१४,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धित विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका हुन्।

सभापति विमल श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसँग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बने। मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने? भन्दै उनी बसेको कुर्सीबाट उठेका थिए। बैठक छोडेर मन्त्री बाहिरीन खोजेपछि केहीबेर स्थिति असहज बन्यो।

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडियाप्रति पनि आक्रोस पाखे। उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराए।

औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठकको सुरुदेखि नै तनाबपुर्ण बनेपछि समिति सदस्यहरुले समितिको संबैधानिक अधिकार, संसदीय पद्धती, क्षेत्राधिकार लगायत बारे आवयक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए।

समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धारित विषय वस्तुमा प्रवेश नै नगरी शुक्रबार बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad