ad ad

समाज


अति संक्रामक अल्फा, डेल्टा र कप्पा भेरिएन्ट नेपालमा पनि पुष्टि

अति संक्रामक अल्फा, डेल्टा र कप्पा भेरिएन्ट नेपालमा पनि पुष्टि

नेपालखबर
असार ७, २०७८ सोमबार १५:४०,

कोरोना भाइरसका अति संक्रामक तीन किसिमका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा, डेल्टा र कप्पा नामका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको हो।

मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्लीस्थित डब्ल्यूएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सिलेन्स इन जिनोमिक्स, द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टग्रेटिभ बायोलोजी (आईजीआईबी) मा सिक्वेन्सिङका लागि गत जेठ २७ गते पठाइएको थियो।

तीमध्ये ४७ नमुनामा डेल्टा (बी.१.६१७.२) र एउटा नमुनामा अल्फा (बी.१.१.७) पुष्टि भएका हुन्। यस्तै डेल्टा पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन पुष्टि भएको हो, जसलाई एवाई.१ नाम पनि दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यीसहित हालसम्म नेपालमा भेरिएन्ट अफ कन्सर्नका रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.६१७.१) पुष्टि भएको छ।’

यी भेरिएन्ट सबै उमेरका मानिसलाई बढी संक्रामक र सबै उमेरका मानिसलाई संक्रमण गर्न सक्ने खालका भएकाले स्वास्थ्य मापदण्ड पालना गरी बच्न र बचाउन स्वास्थ्य मन्त्रालयले सबै नागरिकलाई अनुृरोध गरेको छ।

हेर्नुहोस्, विज्ञप्ति :

veriant 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .