तनहुँकी २४ वर्षीय रूपा सुनारलाई जातीय विभेद गर्दै कोठा नदिने घरबेटी पक्राउ परेकी छन्।
काठमाडौंको बबरमहलस्थित ती घरबेटीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।
उनीविरुद्ध रुपाले गत बिहीबार सिंहदरबार वृत्तमा जाहेरी दिएकी थिइन्।
गत मंगलबार कोठा खोज्न गएकी रुपालाई सुरुमा कोठा दिने भने पनि रुपाको जात थाहा पाएपछि नदिएको बताइएको छ।
प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूतको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान अगाडी बढाएको छ।
उक्त कसुरअनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
यो पनिः
जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले दिइन् उजुरी (निवेदनसहित)

प्रतिक्रिया