राजनीति


प्रधानमन्त्री सिंगापुर जानुअघि नेकपा सचिवालय बैठक बस्दै

प्रधानमन्त्री सिंगापुर जानुअघि नेकपा सचिवालय बैठक बस्दै

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ३:५८,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेदेखि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, विष्णु पौडेल र राम बहादुर थापा सहभागी छन्।

प्रधानमन्त्रीसमेत रहेका ओली उपचारका लागि आजै सिंगापुर जाने कार्यक्रम छ।

प्रधानमन्त्री सिंगापुर जानुअघि आवश्यक निर्णय लिन सचिवालय बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी विषयमा पनि छलफल हुने नेकपा श्रोतले जनाएको छ।

‘बैठकका एजेण्डा सार्वजनिक भएका छैनन्,’ अर्यालले नेपालखबरसँग भने, ‘आवश्यक सबै विषयमा बैठकमा छलफल हुन्छ।’

प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे उपचारका लागि सिंगापुर प्रस्थान गर्दैछन्।

ओली उपचारको शिलशिलामा झण्डै दुई साता सिंगापुर रहने नेकपा श्रोतले जनाएको छ।

दुई साताअघि मात्र ओली सिंगापुरमा नौ दिन बसेर फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad