समाज


सप्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा चारजना जेल चलान

सप्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा चारजना जेल चलान

नेपालखबर
जनकपुरधाम, असार ४

सप्तरीमा कुटपिट गरी एक व्यक्तिको हत्या गर्ने चारजनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

गएको जेठ ६ गते दिउँसो खड्क नगरपालिका ५ बस्ने रामदल यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा चारजना सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान भएका हुन्।

जेल चलान हुनेहरुमा खडक नगरपालिका ५ का ३० वर्षीय विनय यादव, वर्ष ३० कै मनोजकुमार यादव, वर्ष २४ का मुकेशकुमार यादव र वर्ष ३१ का महेशकुमार पासवान रहेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

उनीहरुलाई विहीबार पुर्पक्षका लागि जेल चलान गरिएको हो।

गएको जेठ ६ गते दिउँसो सप्तरीकै रुपनी गाउँपालिका १ रायपुरबाट राजविराजतर्फ जाने सडक खण्डमा उनीहरुले खुकुरी लगायत हतियार प्रयोग गरी रामदल यादवलाई उनीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

उपचारको क्रममा उनको मृत्यु भएको थियो।

घटनालगत्तै चारजना पक्राउ परेका थिए। घटनामा संलग्न अन्य केही व्यक्ति फरार छन्। उनीहरुको खोजी भइरहेको डीएसपी काफ्लेले बताए।

असार ४, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .