समाज


‘भ्याक्सीन पासपोर्ट’ दिने कि नदिने? भारतमा छलफल चल्दै

‘भ्याक्सीन पासपोर्ट’ दिने कि नदिने? भारतमा छलफल चल्दै

नेपालखबर
असार ४, २०७८ शुक्रबार ०:२६,

कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ।

जापानलगायत विश्वका कतिपय देशले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका छन्। भ्याक्सिन पासपोर्ट प्रयोगमा ल्याउने सन्दर्भमा भारतमा पनि छलफल सुरु भएको हो।

कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्देश्यले ‘भ्याक्सीन पासपोर्ट’को अभ्यास सुरु भएको छ।

भारतले पनि कोरोनाभाइरसको दुवै खोप लगाएकालाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सीन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको हो।

दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिए।

‘यस बारेमा हामी पर्याप्त जानकार छौँ, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा छ। यो विश्वभरी नै छलफलको विषय बनेको छ, हामी पनि छलफल गर्दै छौँ,’ उनले भने।

कतिपय विकासशिल मुलुकले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टीकोणबाट पनि कुरा उठ्ने गरेको बगाचीले बताए।

‘भ्याक्सीन पासपोर्ट’भन्दा ठूलो कुरा सवैले समानरुपमा भ्याक्सीन पाउनु पर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .