यही असार १ गते राति सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीपछि बेपत्तामध्ये आज ३ जनाको शव फेला परेका छन् भने ४ जना सकुशल सम्पर्कमा आएका छन्।
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ नागरिकद्वय गोङ टियान छियो र यु चि झु तथा भारतीय नागरिक कमल लोचन महतोको शव फेला परेका हुन्।
पहिलो चिनियाँ नागरिकको शव सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११, बदेरीस्थित इन्द्रावती नदी किनारमा तथा अर्का चिनियाँ नागरिकको शव सिन्धुलीको सुनकोसी गाउँपालिका–५, मूलकोटस्थित सुनेकोसी नदी किनारमा भेटिएका हुन्।
यसैगरी भारतीय नागरिकको शव सुनकोसी गाउँपालिकाकै वडा नम्बर ७, कानढुंग्रीस्थित सुनकोसी नदी किनारमा भेटिएको हो।
यसैगरी बेपत्तामध्ये सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–१, घोरथलीका ४ जना सकुशल सम्पर्कमा आएका छन्। जिल्ला प्रशासनका कार्यालयका अनुसार १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास रिजाल र १६ वर्षकै कमल खत्री फेला परेका हुन्।
यी पनि :
मेलम्ची बाढीपछि बेपत्ता यी १७ जना अझै फेला परेनन्
मेलम्ची बजारमा आज राति फेरि बाढी पस्ने खतरा देखियो, सतर्कता अपनाऔंः बाढी पूर्वानुमान महाशाखा
प्रतिक्रिया