समाज


मनाङमा चार महिनामा पर्ने पानीको दुई तिहाइ ५ दिनमै पर्‍यो

मनाङमा चार महिनामा पर्ने पानीको दुई तिहाइ ५ दिनमै पर्‍यो

नेपालखबर
असार ३, २०७८ बिहिबार १३:५४,

बढी पहिरोले नराम्रोसँग प्रभावित बनेको मनाङमा मनसुनको चार महिनामा पर्ने पानीको दुई तिहाइ ५ दिनमै परेको छ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै मनाङमा ८२ दशमलव २ मिलिमिटर वर्षा भएको जनाएको छ।

यो मनाङमा वर्षाको मापन शुरु गरेपछिको सबैभन्दा बढी वर्षा हो। विभागको मनाङस्थित हुम्दे बिमानस्थलको मौसम मापन केन्द्रमा शनिबार शून्य दशमलव ३ मिलिमिटर, आइतबार ११ दशमलव १ मिलिमिटर, सोमबार २७ दशमलव ६, मंगलबार ५४ दशमलव ६ र बुधबार ८२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ। '५ दिनमा १७५ दशमलव ८ मिलिमिटर पानी मनाङमा परेको छ' विभागले भनेको छ।

'रेन स्याडो एरिया'मा पार्ने मनाङमा वार्षिक मनसुनको समयमा २ सय ४६ मिलिमिटर वर्षा हुने गरेको थियो।

जुनदेखि सेप्टेम्बरसम्मको समय मनसुन अवधी हो। सामान्य अवस्थामा जुन महिनामा ४२ मिलिमिटर वर्षा हुने गरेको छ।

वर्षाको कारण हिमालपारीको जिल्ला मनाङमा ठूलो क्षति भएको छ। मर्स्याङ्दी र अन्य स्थानीय खेलाहरुमा बाढी आउँदा लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ भने सडक अवरुद्ध भएको छ।

सदरमुकाम चामेका ३ सय जनालाई कारगारको नयाँ भवनमा सारिएको छ। प्रि मनसुनको समयमा पनि यसपटक मनाङमा कीर्तिमानी वर्षा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .