समाज


उपत्यकामा ५७० संक्रमित थपिए

उपत्यकामा ५७० संक्रमित थपिए

नेपालखबर
असार ३, २०७८ बिहिबार ११:२७,

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ५७० कोरोना भाइरसको संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, हिजो देशभर २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ८२ निको भएका थिए। ५२ जनाको निधन भएको थियो।

मन्त्रालयका अनुसार आज नेपालमा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार १४१ जना संक्रमणमुक्त भएका छन्।

गएको २४ घण्टामा ३९ जनाको ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .