पर्वतीय उद्दार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्ट्रेचर प्रदान गरेका छन्।
बिहीवार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमकाबीच बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई उनले ति स्ट्रेचर हस्तान्तरण गरेका हुन्।
शेर्पाले ति स्ट्रेचर बिपद् उद्दारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गरे। नायब महानिरीक्षक अर्यालले स्ट्रेचर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै यी सामग्रीको बिपद् उद्दारमा पूर्ण रुपमा सदुपयोग गरिने बताए।
कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा बिपद् प्रतिकार्य तथा उद्दारमा प्रयोग हुने स्ट्रेचरको कुल मूल्य ६ लाख रुपैयाँ रहेको छ।
3
Shares

प्रतिक्रिया