ad ad

समाज


भक्तपुरमा ३ जना चढेको मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

भक्तपुरमा ३ जना चढेको मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

नेपालखबर
असार ३, २०७८ बिहिबार ६:६,

भक्तपुरमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

तीन जना चढेको बा ७७ प ५६०५ नम्बरको मोटरसाइकल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोमा दुर्घटना भएको हो।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबीचमा रहेको आइल्यान्डमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलका चालक सोलुखुम्बुको चौलाखर्क घर भएका रमेशकुमार बस्नेतको मृत्यु भएको भक्तपुरका डीएसपी रमेश गिरीले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतलाई नागरिक अस्पताल (गठ्ठाघर) पछि थप उपचारका लागि राति नै त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पठाइएको थियो। तर उपचारका क्रममा आज (बिहीबार) बिहान उनको मृत्यु भएको डीएसपी गिरीले बताए।

मोटरसाइकलको पछाडि बसेका उदयपुर ताप्ले गाउपालिका ५ का २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ का २५ वर्षीय अमित जैरु घाइते भएका छन्। उनीहरूको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .