ad ad

समाज


चलचित्र निर्माता तथा कलाकार गोविन्द शाही कमलपोखरीबाट पक्राउ

चलचित्र निर्माता तथा कलाकार गोविन्द शाही कमलपोखरीबाट पक्राउ

नेपालखबर
भदौ ४, २०७६ बुधबार १२:४२,

प्रहरीले चलचित्र निर्माता तथा कलाकार गोविन्द शाहीलाई पक्राउ गरेको छ।

अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्दामा शाहीलाई प्रहरीले बुधबार कामाडौँको कमलपोखरीबाट पक्राउ गरेको हो।

शाहीले नेपाली कथानक चलचित्र ‘लिलिबिली’को हिसाबकिताव नदेखाएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले गत वर्ष महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए। शाहीले फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माताद्वयले उजुरी दिएका थिए।

निर्माता खड्काले आफूहरुको उजुरीकै आधारमा शाहीलाई प्रहरीले पक्राउ गरेको बताए। प्रहरीले शाहीलाई पक्राउ लगत्तै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो। अदालतले शाहीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अदालतको अनुमतिपछि शाहीलाई महानगरीय अपराध महाशाखा टेकु लगिएको छ। अपराध महाशाखाले निर्माता तथा वितरक शाहीमाथि अनुसन्धान सुरु भएको जनाएको छ। शाहीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ दफा २५२ र २५३ वमोजिक कारबाही हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .