ad ad

राजनीति


कोदारी, रसुवागढी र कोरला नाका थप चलायमान बनाउने चीनको प्रतिवद्धता

कोदारी, रसुवागढी र कोरला नाका थप चलायमान बनाउने चीनको प्रतिवद्धता

नेपालखबर
भदौ ४, २०७६ बुधबार १२:५५,

नेपाल र चीनबीच ३ वटा नाकाको आवागमन आवद्धता बढाउने विषयमा चीनका राजदुत होउ यान्छी र अर्थमन्त्री युवराज खतिवडाबीच छलफल भएको छ। बुधबार अर्थ मन्त्रालयमा भएको छलफल तत्कालका लागि कोदारी, रसुवागढी र कोरला नाका मार्फत आवागमन आवद्धता बढाउने विषयमा केद्रित थियो।

साथै भेटघाटको क्रममा चिनियाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको मन्त्री सचिवालयले जनाएको छ।

काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनियाँ वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउनेबारे समेत भेटघाटका अवसरमा छलफल भएको थियो।

त्यसैगरी आज नै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका राजदूत एमएस भिरोनिका कोडीबीच पनि भेटवार्ता भएको छ। यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको सचिवलयले जनाएको छ। भेटका क्रममा राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको बताएका थिए।

अर्थमन्त्रीले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तर्राष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषय उठान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .