ad ad

राजनीति


भारतले दियो भूकम्प पुनर्निर्माणको २ अर्ब ४५ करोड शोधभर्ना

भारतले दियो भूकम्प पुनर्निर्माणको २ अर्ब ४५ करोड शोधभर्ना

नेपालखबर
भदौ ४, २०७६ बुधबार १२:४१,

भारतले भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ। 

पाँचौँ नेपाल भारत संयुक्त आयोगमा बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

बैठकमा नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिति थिए। भारतले ०७२ काे भूकम्पपछिकाे पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियाे। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ।

s jaisankar with roadभारतले हुलाकी राजमार्ग निर्माणका लागि ८० लाख भारू उपलब्ध गराएको छ।

भारतले नुवाकोट र गोरखाका ५० हजार लाभग्राहीहरुलाई अनुदान रकम उपलब्ध गराउने जनाएको थियाे।

भारतले उपलब्ध गराउने २५ अर्ब अनुदानमा भवन पुनर्निर्माणमा १० अर्ब, विद्यालय, स्वास्थ्य संस्था तथा सम्पदा पुनर्निर्माणमा ५–५ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .