ad ad

समाज


भक्तपुरमा आज १६ संक्रमित, उपत्यकामा घट्दै संक्रमण

भक्तपुरमा आज १६ संक्रमित, उपत्यकामा घट्दै संक्रमण

नेपालखबर
असार १, २०७८ मंगलबार १२:३५,

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उल्लेखनीय रुपमा घट्दै गएको छ।

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरमा १६ जना संक्रममित फेला परेका हुन्।

आज देशभर २ हजार ७४५ संक्रमित थपिएका छन् भने ४ हजार १८७ जना निको भएका छन्। यस्तै ४१ जनाको ज्यान गएको छ।

हिजो काठमाडौंमा ३९६, ललितपुर १४५ र भक्तपुर ६६ जना गरी उपत्यकामा ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .