गतवर्षको जुन १५ मा चीन र भारत दुवैले आफ्नो क्षेत्र भएको दाबी गर्ने गलवान उपत्यकामा हिंस्रक झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चार चिनियाँ सेनाको मृत्यु भएको थियो।
भारतले सुरुवातमै आफ्ना २० सेनाको मृत्यु भएको बताएको थियो। चीनले गत फेब्रुअरी अर्थात् घटना भएको ८ महिनापछि मात्र चार सेनाको मृत्यु भएको पुष्टि गरेको थियो।
दुवै समूहले एक अर्कालाई एलएसीको नियम उल्लंघन गरेकाले झडप भएको बताएका थिए। त्यसयता समस्या सुल्झाउन हाल सम्म सैन्य स्तरमा ११ पटक वार्ता भइसकेको छ।
उनीहरुले लद्दाखका विवादित क्षेत्रबाट सेना पछाडि फर्काउने सहमति गरेका छन्। यद्यपी चिनियाँ सेनाहरु केही क्षेत्रबाट पछाडि फर्केपनि धेरै क्षेत्रबाट पछाडि नहटेको भारतको आरोप छ।
जसका कारण गलवानमा हिंस्रक झडप भएको एक वर्ष पुरा हुँदा पनि विवाद समाधान हुन सकेको छैन।
गलवान झडपको विषयमा दुवै देशबीच आरोप–प्रत्यारोप
गलवान उपत्यकामा भएको झडपको विषयमा दुवै देशले एकअर्कालाई जिम्मेवार ठहर्याउँछन्।
चिनियाँ सेनाले भारतीय सेनाले एलएसीको यथास्थितीको अवस्था परिवर्तन खोजेका कारण झडप भएको बताउँछ भने र भारतीय सेनाले चिनियाँ पक्षले आफू नियन्त्रित एलएसी प्रवेश गरेका कारण झडप भएको बताउँछ।
गलवान उपत्यकाको झडपमा प्रयोग भएका हतियार
एलएसीमा भारत र चीनबीच हतियार प्रयोग गर्न नमिल्ने सहमति भएको छ। त्यहाँ बन्दुक प्रयोग गर्न मिल्दैन। त्यकारण त्यहाँ धक्कामुक्की हुँदै आएको छ।
तर गलवान उपत्यकामा गतवर्ष उनीहरुले रड, ढुंगा, तारले बेरिएको डन्ठाहरु प्रयोग गरेको पाइएको थियो।
भारत र चीनबीच लद्दाख, उत्तराखण्ड–हिमाचल तथा अरुणाचल गरी तीन क्षेत्रमा औपचारिक रुपमा सीमा निर्धारण गरिएको छैन।
जसमध्ये भारतको लद्दाखदेखि चीनको तिब्बत र सिनजियाङ बिचका ४ हजार ५७ किलोमिटरका क्षेत्रहरु पनि सिमांकन भएका छैनन्।
यो सिमांकन नभएको क्षेत्रलाई वास्तविक नियन्त्रण रेखा एलएसी भनिएको छ। त्यहाँ मात्र मौखिक सहमति भएको छ।
उनीहरुले आफ्नो क्षेत्र मौखिक रुपमा मात्र तोकेका कारण दोहोरिदै झडप हुने गरेको हो। एजेन्सीहरुको सहयोगमा
(भिडिओ)
यो पनिः यी हुन् भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेना, अन्तिम पत्रमा यसो भनेका थिए...
Shares

प्रतिक्रिया