कारोबार


राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण गर्ने बाबु-छोरालाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण गर्ने बाबु-छोरालाई आर्थिक सहयोग

नेपालखबर
असार १, २०७८ मंगलबार ११:१३,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथाको सफल आरोहण गर्ने बाबुछोरा पूर्णकुमार शेर्पा र सोनामलाई आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकृती जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरिएको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे।

कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए।

फादर एण्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सात माहदेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ।

Mount_E.JPG

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रा.वा.बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवाद ज्ञापन गर्दै किर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, समरमाथा आरोही सोनाम शेर्पा, संयोजक राज वराईलीले मन्तब्य व्यक्त गरेका थिए। ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतले सञ्चालन गरेको कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतद्धय देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad