अहिले देशभर मनसुन फैलिएको छ। जसले गर्दा देशभरजसो वर्षा जारी छ।
यसै क्रममा आज राति पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश नम्बर २, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।
यस्तै भोलि मंगलबार पनि देशका धेरै स्थानमा वर्षा हुने र प्रदेश नम्बर २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टा (मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
त्यसमा भनिएको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नम्बर २, बागमती, गण्डकी, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया