समाज


रुसमा कोरोनाविरुद्धको खोप लगाउनेलाई कार उपहार

रुसमा कोरोनाविरुद्धको खोप लगाउनेलाई कार उपहार

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ११:३२,

तर अमेरिका, रुसजस्ता विकसित राष्ट्रमा भने खोप लगाएमा उपहार पाइने प्रावधानहरु ल्याइएको छ।

अमेरिकामा पछिल्लो समय खोप लगाए बापत् गाँजा, पैसा, ल्यापटपजस्ता उपहारको योजना ल्याइएको समाचारहरु आएका थिए।

रोयटर्सका अनुसार यतिबेला रुसले पनि खोप लगाउने मानिसहरुको लागि उपहार कार्यक्रम ल्याएको छ।

रुसको राजधानी मस्कोमा त्यहाँका मेयर सर्गी सोबायिनिनले १८ वर्षभन्दा माथिका मानिसहरुले जुन १४ देखि जुलाई ११ सम्ममा खोप लगाए उनीहरुले कार उपहार पाउन सक्छन्।

उनका अनुसार खोप लगाउने मानिसको नाम गोलाप्रथामा जानेछ। उनका अनुसार भाग्यशाली पाँच जनालाई १० लाख रुबेल बराबरको नयाँ कार उपहार दिइनेछ।

रुस त्यो देश हो जसले विश्वमा सबैभन्दा पहिले कोरोनाविरुद्धको खोपलाई स्वीकृति दिएको थियो। रुसमा स्पुतनिक भी खोप विकास भएको छ। त्यहाँ सोही खोप अधिकतम रुपमा प्रयोग गरिन्छ।

मस्कोमा सत प्रतिशत खोप कार्यक्रम सम्पन्न गर्न त्यहाँका मेयरले उपहारको योजना ल्याएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .