समाज


३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका व्यक्तिको निधन

३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका व्यक्तिको निधन

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ७:१४,

एनडीटीभीका अनुसार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका जिओनाको आइतबार निधन भएको हो।

मिजोराम राज्यका मुख्यमन्त्री जोराम थांगाले ट्विटरमा विश्वकै ठूलो परिवार भएका जिओना चानाको निधन भएको जानकारी दिएका छन्।

डाएबिटिज र हाइपरटेन्सनबाट प्रताडित उनको आइतबार दिउँसो ३ बजे अ‍ैजवालको ट्रिनिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

जिओना चाना समूहका प्रमुख थिए। उनी बस्ने गाउँमा ४ सय परिवार बसोबास गर्दछन्। सो समुदायमा पुरुषलाई बहु विवाह गर्न छुट रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad