समाज


७० जना पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

७० जना पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ११:४४,

फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ।

फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो।

फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामग्री वितरण भएको जनाएको छ।

‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं।फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनको सहयोग निरन्तर रहनेछ’, फाउण्डेसनका संयोजक नकुल अर्यालले भने।

फाउण्डेसनले काठमाडौंमा सक्रिय झण्डै ३ सय पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेछ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उपस्थित पत्रकारहरुले नियिमत रिपोर्टिङमा खटिने पत्रकारलाई सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .