ad ad

समाज


उज्वल थापाको उपचारका लागि उठेको रकम कोभिड प्रतिकार्यमा लगाइने

उज्वल थापाको उपचारका लागि उठेको रकम कोभिड प्रतिकार्यमा लगाइने

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ९:१३,

विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको उपचारका लागि उठेको रकम कोभिड–१९ प्रतिकार्यमा लगाइने परिवारले जनाएको छ।

उज्वलको उपचारको लागि उनका साथी तथा शुभेच्छुकहरूको पहलमा संसारभरबाट उठेको सहयोग रकमको पारदर्शीता प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने र बाँकी रहेको रकमलाई मूलतः कोभिड–१९ को प्रतिकार्यमा प्रयोग गरिने परिवारले जनाएको हो।

उज्वलको उपचारका लागि संसारभरीबाट करिब ५० लाख रुपैयाँ सहयोग रकम उठेको थियो।

थापाको उपचारकै क्रममा यही जेठ १८ गते ४४ वर्षको उमेरमा निधन भएको थियो।

उज्वलको उपचारको क्रममा देश विदेशबाट साथ सहयोग दिने र उज्वलप्रति श्रद्धा तथा प्रेम व्यक्त गर्ने सबैप्रति परिवारले कृतज्ञता प्रकट गरेको छ।

‘उज्वलका सोच विचार तथा उसले सम्पूर्ण नेपाली तथा मानव जगतको लागि देखेका सपनाहरू पूरा गर्न तपाईंहरूको साथ सहयोग रहनेछ भन्ने विश्वास राखेका छौँ’ परिवारका सदस्यहरु आमा शान्ता थापा, बुबा उदय बहादुर थापा, श्रीमती एरिका अधिकारी र भाइ उदीपले आइतबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .