पत्रकार सालिकराम पुडासैनी प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवी लामिछानेकी पत्नी निकिता पौडेलले एक प्रहरी अधिकारीसहित तीन जनाविरुद्ध दिएको उजुरी काठमाडौं प्रहरीले दर्ता गरेन।
निकिताले चितवन जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्।
घटनाकाे न्यायिक प्रकृया चलिरहेकाेले प्रहरीकाे क्षेत्राधिकारमा नपर्ने भएकाले जाहेरी दर्ता नगरेकाे काठमाडौं परिसरका उपरीक्षक अशाेक सिंहले बताए। उनले अदालतमा मुद्दा चलिरहेकाेले न्यायिक प्रकृयाबाटै अघि बढ्न निकितालाई सम्झाइ बुझाइ पठाएकाे सिंहले नेपालखबरलाई जानकारी दिए।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन्।
गत साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या अगाडि छाडेको भिडयोमा रविले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन्। त्यही आधारमा प्रहरीले रविसहित तीन जनालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया