राजनीति


जयशंकरले भेटे प्रधानमन्त्री ओलीलाई

जयशंकरले भेटे प्रधानमन्त्री ओलीलाई

नेपालखबर
भदौ ४, २०७६ बुधबार ९:१५,

भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री जयशंकरले बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन्। त्यसक्रममा भारतीय राजदूत मञ्जिवसिंह पुरी सहभागी थिए।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं ओर्लिएका जयशंकरलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
भारतीय विदेश मन्त्रीको रुपमा जयशंकरको यो पहिलो नेपाल भ्रमण हो। बंगलादेशका दुई दिने भ्रमण सम्पन्न गरेर बिमान बंगलादेशबाट उनी काठमाडौं आएका हुन्।

आजै याक एण्ड यति होटलमा नेपाल भारत संयुक्त आयोगका बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरले सह अध्यक्षता गर्नेछन्।

३२ वर्षअघि स्थापना भएको आयोगको यो पाँचौ बैठक हो। बैठकमा नेपाल भारतबीच रहेको तीन दर्जन संयुक्त संयन्त्रले प्राप्त गरेका उपलब्धि र समस्याहरुबारे छलफल हुने छ। सीमा क्षेत्रका डुबान, सीमा समस्या, बढ्दो व्यापार असन्तुलन, विभिन्न परियोजनाहरुमा भएको प्रगतिबारेमा आयोगमा छलफल हुनेछ।

नेपालमा रहँदा जयशंकरले राष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad