कारोबार


सेयरबजार थामियो, कारोबारमा सोल्टी होटल र कमाइमा विशालबजारकै वर्चस्व

सेयरबजार थामियो, कारोबारमा सोल्टी होटल र कमाइमा विशालबजारकै वर्चस्व

नेपालखबर
भदौ ४, २०७६ बुधबार ९:५०,

सेयरबजारमा आज सूचक हरियो भएको छ। अघिल्लो दिन ८ अंकले घटेको बजार कारोबार मापन सूचक आज शून्य दशमलव ४२ अंकले बढेको हो। योसँगै सूचक १२१४.०५ विन्दुमा आइपुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव २२ अंकले हरियो भएको छ।

आज १ सय ६१ कम्पनीको १२ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ६ हजार २ सय ४९ पटकको खरिदबिक्रीबाट २९ करोड २६ लाखको सेयर कारोबार भएको छ। आज अन्य, फाइनान्स, विकास बैंक र व्यापार समूहको कारोबार सूचक बढे पनि बाँकी समूहको घटेको छ।

कारोबारका आधारमा आज पनि सोल्टी होटल अगाडि छ। सोल्टी होटलको आज ४ करोड २० लाखको सेयर कारोबार भएको छ। त्यस्तै, माछापुच्छ्रे बैंकको २ करोड ८५ लाखको, एनआईसी एसियाको १ करोड ७२ लाखको र नबिल बैंकको १ करोड ६ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज अन्य कम्पनीको कारोबार १ करोडभन्दा तलै रहेको छ।

कमाउनेमा भने आज विशाल बजार कम्पनीका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ८४ रुपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टका सेयरधनीले ८५ रुपैयाँ, सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २६ रुपैयाँ, समता माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३७ रुपैयाँ आम्दानी गरेको नेप्सेले जनाएको छ।

त्यस्तै आजको कारोबारमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३१ रुपैयाँ, नाडेप लघुवित्तका सेयरधनीले २६ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले २६ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad