समाज


भारतमा लगातार तेस्रो दिन पनि एक लाख भन्दा कम कोरोना संक्रमित थपिए

भारतमा लगातार तेस्रो दिन पनि एक लाख भन्दा कम कोरोना संक्रमित थपिए

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ८:३१,

त्यहाँ गएको २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो।

प्राप्त समाचार अनुसार बिहारमा कोरोना सङ्क्रमणबाट ३ हजार ९७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १४८ को मृत्यु भएको बताइएको हो। यद्यपी बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पूरानो रिर्कडलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ।

यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ।

हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९१ लाख ८३ हजार १२१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ। गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३६७ जना सङ्क्रमित कोरोना मुक्त भएकाछन् ।

यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोना मुक्त भएका छन्। हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय सङ्क्रमित रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .