समाज


असन्तुष्ट नागरिकले फ्रान्सका राष्ट्रपतिलाई यसरी सडकमै झापड हाने (भिडिओ)

असन्तुष्ट नागरिकले फ्रान्सका राष्ट्रपतिलाई यसरी सडकमै झापड हाने (भिडिओ)

नेपालखबर
जेठ २६, २०७८ बुधबार ६:४३,

देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको समयमा म्याक्रोँलाई भेट्न आएका समर्थकमध्ये एकले उनलाई झापड हानेको भिडिओमा देखिएको छ।

भिडिओमा देखिएअनुसार त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हानेका छन्। लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन्।

फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ।

घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन्।

यो घटनापछि म्याक्रोँले भनेका छन्,‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन। ती यसको लायक छैनन्।’

माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन्।

(भिडिओ)

एकजना कनिष्ठ आन्तरिक मामिला मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन प्रत्येक फ्रान्सेली जनतामाथिको चड्कन भएको बताएका छन्।

चड्कन हानेको घटनापछि राष्ट्रपति माक्रोँ फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ।

हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन।

स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ।

यसअघि सन् २०१६ मा जब म्याक्रोँ देशको अर्थमन्त्री थिए त्यसबेला श्रम सुधारको मागगर्दै उनीमाथि प्रदर्शनकारीले अण्डा प्रहार गरेका थिए।

हालै झापड हान्ने व्यक्ति पनि राष्ट्रपति म्याक्रोँको कार्यप्रति असन्तुष्ट भएको अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad