मोरङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।
बेलबारी नगरपालिका–५ कसेनी बस्ने वर्ष ३८ का एक पुरुषको ज्यान गएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
चट्याङ लागी घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो
यस्तै, आगलागीबाट पाँचथरमा तीन जना घाइते भएका छन्। फिदिम नगरपालिका–४ स्थित एक घरमा ग्यास लिक भई आगलागी हुँदा वर्ष ७२ की एक महिला तथा वर्ष ४९ र वर्ष ३२ का दुई जना छोराहरु घाइते भएका छन्।
यता, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मुलखोला नजिक सडक किनारामा रोकिराखेको सानीभेरी यातायातको बसमा अचानक आगलागी हुँदा बस पूर्णरुपमा जली नष्ट भएको छ।
यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ लगदहवा स्थित एक घरमा अचानक आगलागी हुँदा घर, अन्नपात जली नष्ट भएको छ।

प्रतिक्रिया