उनले २१ जुनदेखि निशुल्क खोप प्रदान गरिने घोषणा गर्नुका साथै देशका गरिब जनतालाई दिवाली पर्वसम्म निशुल्क अन्न प्रदान गर्ने पनि बताए।
बीबीसीहिन्दीका अनुसार देशवासीको नाममा टेलिभिजनमा सम्बोधन गर्दै मोदीले यी घोषणा गरेका हुन्।
सोमबार गरेको घोषणाले प्रधानमन्त्री गरिब अन्न योजना अन्तर्गत दिवालीसम्म ८० करोड नागरिक निशुल्क अन्न तथा खाद्यान्नबाट लाभान्वित हुनेछन्।
निशुल्क अन्नको खबरले देश गरिब जनतालाई राहत मिल्ने बताइएको छ।
प्रतिक्रिया