राजनीति


प्रदेश २ को बजेट अधिवेशन सुरु, ठाकुर पक्षका सांसदले गरे बहिस्कार

प्रदेश २ को बजेट अधिवेशन सुरु, ठाकुर पक्षका सांसदले गरे बहिस्कार

शैलेन्द्र महतो
जेठ २४, २०७८ सोमबार १२:४९,

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका प्रदेश सांसदले प्रदेशसभा बैठक बहिस्कार गरेका छन्। सोमबार दिउँसो बसेको प्रदेशसभाको छैठौं अधिवेशनको बहिलो बैठकमा ठाकुर पक्षका सांसदहरु अनुपस्थित रहेका थिए।

बिहान बसेको ठाकुर पक्षका संसदीय दलको बैठकले छैठौँ अधिवेशनको पहिलो बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो।

पछिल्लो राजनीतिक घटनाक्रमले आइतबार उपेन्द्र यादव पक्षले मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको थियो। आइतबार राति मुख्यमन्त्री राउतले ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेपछि सो पक्षले बैठक बहिस्कार गरेको हो। बैठक बहिस्कार गरेपनि सरकारलाई आफूहरुको समर्थन रहेको सो पक्षका एक सांसदले बताए।

यसैबिच सोमबार बसेको प्रदेशससभाको छैठौं अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी आर्थिक वर्ष २०७८।०७९ को विनियोजन विधेयक प्रदेश सभामा पेश गरेका छन्।

सो विधेयक बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि उनले प्रस्तुत गरेका हुन्। उनले अगामी आर्थिक वर्षको बजेट कोभिड महामारीलाई केन्द्रित गरेर ल्याउने बताएका छन्।

मौलिक हकको रुपमा रहेको स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन गर्न तथा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न अवस्थाको नियन्त्रण, रोकथाम र उपचार उनल तथा भविष्यमा आउन सक्ने यस प्रकारको महामारीविरूद्ध लड्न स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने उनको भनाइ छ।

यस्तै विगतका वर्षहरूमा घोषणा गरी कार्यान्वयनमा ल्याएका प्रादेशिक महत्वका योजना तथा कार्यक्रमहरूलाई कार्यान्वयनमा ल्याउन, वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिको पुँजी, सिप, ज्ञान र क्षमतालाई उपयोग गर्ने गरी प्रदेशमा रोजगारीको अवसर सिर्जना गर्ने केन्द्रित बजेट ल्याउने बताए।

शिक्षा, कृषिको बजारीकरण, भू–उपयोग नीति, दुग्ध उत्पादनमा वृद्धि, भूमीको अभिलेख व्यवस्थापन, सिँचाइ सुविधा, उद्योगहरूको स्थापना, प्रवर्द्धन र विकास, प्रदेशको मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, धार्मिक पर्यटनको विकास लगायतको क्षेत्रलाई पनि बजेटमा समा समावेश गरिने उनले बताए।

प्रदेशसभाको बजेट अधिवेशनको सुरुमै जसपा संसदीय लदका उपनेता रामअशिष यादव, एमाले संसदीय दलका नेता सत्रुधन महतो, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad