समाज


ललिता निवास जग्गा प्रकरण : मालपोत कार्यालय काठमाडौंले जारी गर्‍यो ४९ जनाविरुद्ध २१ दिने सूचना

ललिता निवास जग्गा प्रकरण : मालपोत कार्यालय काठमाडौंले जारी गर्‍यो ४९ जनाविरुद्ध २१ दिने सूचना

नेपालखबर
जेठ २३, २०७८ आइतबार ४:११,

काठमाडौंको बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ।

आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको हो। अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने प्रावधान छ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै मालपोत कार्यालयले सूचना प्रकाशित गरेको हो।

सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने सूचनामा उल्लेख छ। ‘म्यादभित्र प्रतिउत्तर वा प्रतिक्रिया पेस नभए कानुन बमोजिम भइजाने छ,’ सूचनामा भनिएको छ।

मालपोत कार्यालयले रामकुमार सेवेदी, शोभाकान्त ढकाल, सरला गुरुङ, उमाकुमारी ढकाल, माधवी सुवेदी, भवानी जोशी, भारती पाण्डे, मनोजकुमार गौतम, उमाकुमारी ढकाल, अमिताव तुलाधर, निकिता तुलाधर, कल्पना तुलाधर, निर्मलादेवी गोयल, मिनबहादुर गुरुङ, प्रमोद शेरचन, पुरुषोत्तम पौडेल, शर्मिला शाक्य, प्रतिभा वैध प्रधान, मन्ती गोर्खाली सहितको नाममा सूचना जारी गरेको हो।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको नाममा २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा छ।
हेर्नुस् गोखापत्रमा प्रकाशित सूचना

1001

 0002

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .