राजनीति


७४ को चुनावपछि पहिलोपटक आज सत्तारोहण गर्दै कांग्रेस

७४ को चुनावपछि पहिलोपटक आज सत्तारोहण गर्दै कांग्रेस

नेपालखबर
जेठ २३, २०७८ आइतबार ३:३९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस २०७४ सालमा भएको निर्वाचनपछि आज पहिलोपटक सत्तारोहण गर्दै छ।

कर्णाली प्रदेश सरकारबाट कांग्रेसले सत्तारोहणको यात्रा सुरुवात गर्ने भएको हो।

चार वर्षअघि भएको निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा प्रतिपक्षीमा बसेको कांग्रेस पहिलोपटक प्रदेशमार्फत सत्तामा भित्रिन लागेको हो।

कांग्रेसले कर्णाली प्रेदशमा सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालयको नेतृत्व गर्न लागेको हो।

कर्णाली कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसद यज्ञबहादुर बीसीलाई सामाजिक विकासमन्त्री र दिनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनाउने निर्णय गरेको हो। आज दिउँसो उनीहरूले शपथ खाने कार्यक्रम छ।

कर्णालीलाई कम्युनिस्टको गढ तथा कांग्रेस सबैभन्दा कमजोर रहेको प्रदेश मानिन्छ। त्यहींबाट कांग्रेसले सत्तारोहनण सुरुवात गर्ने भएको हो।

त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाखमा विश्वासको मत लिँदा कांग्रेसका सांसदले उनका पक्षमा मतदान गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले यही जेठ ७ गते माओवादी केन्द्रसहितको गठबन्धनबाट आफ्ना पक्षमा सांसदको बहुमत जुटाएर प्रधानमन्त्री पदका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेका थिए।

तर राष्ट्रपति विद्यादेवी भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको समेत दाबी परेको र दुवैमा भरपर्दो आधार नदेखिएको भन्दै जेठ ७ ते मध्यराति संसदै विघटन गरेकी हुन्।

यसविरुद्ध देउवासहितका १ सय ४६ सांसदले सर्वोच्च अदालतमा मुद्दा हालेका छन्। जसको सुनुवाइ जारी छ।

यो पनि : संसद् विघटन मुद्दा सुनुवाइ आज, प्रधानन्यायाधीशले गर्लान् संवैधानिक इजलास पुनर्गठन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .