समाज


बुर्किना फासोमा सशस्त्र समूहको आक्रमण, १३० जनाभन्दा धेरैको मृत्य

बुर्किना फासोमा सशस्त्र समूहको आक्रमण, १३० जनाभन्दा धेरैको मृत्य

नेपालखबर
जेठ २३, २०७८ आइतबार १:१,

पश्चिम अफ्रिकामा अवस्थित बुर्किना फासोमा सशस्त्र समूहले आक्रमण गर्दा एक सय ३० जनाभन्दा धेरैको ज्यान गएको छ।

देशको उत्तरी भागमा पर्ने सोल्हान गाउँमा शनिबार हतियारधारी समूहले आक्रमण गरेको हो। त्यसक्रममा घर तथा बजारहरुमा आगजनी समेत गरिएको बीबीसीले जनाएको छ।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। सरकारी अधिकारीहरुले भने इस्लामी समूहहरूले आक्रमण गरेको आशंका गरेका छन्। सशस्त्र समूहहरूले गाउँमा छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन्।

एकैपटक एक सय ३० जनाभन्दा धेरै मानिसको ज्यान जानेगरी आक्रमण भएपछि राष्ट्रपति रोक कबोरेले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad