पाकिस्तानी सेनाको गोलाबारीमा परेर मंगलबार एक भारतीय सेनाको मृत्यु भएको छ।
अन्य चारजना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारत प्रशासित जम्मु कस्मिरको पुंछ जिल्लास्थित नियन्त्रण रेखा उल्लंघन गरेर पाकिस्तानी सेनाले भारतीय सेनाको क्याम्पमा गोलाबारी गरेको भारतीय संचारसंस्था एएनलाईले जनाएको छ।
कृष्णा घाटी सेक्टरमा बिहान भारतीय समयअनुसार ११ बजे आक्रमण भएको हो। पाकिस्तानी आक्रमणपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको थियो।
— ANI (@ANI) August 20, 2019Pakistan violated ceasefire in KRISHNA GHATI sector in POONCH at about 11 am today. Indian Army retaliating. #JammuAndKashmir pic.twitter.com/keCjsFJlSE
गतहप्ता पनि पाकिस्तानी सेनाले नियन्त्रित रेखा पार गरेर भारतीय सेनामाथि आक्रमण गरेको थियो। त्यसबेला पनि भारतीय सेनाको ज्यान गएको थियो।
हाल भारत र पाकिस्तान भारत प्रशासित जम्मु कस्मिरको विषयलाई लिएर विवादमा छन्।

प्रतिक्रिया