१३ वर्षाीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्।
सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।
कोजुले यही जेठ १६ गते दिउँसो र मुखियाले गएको फागुन १ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।
कोजुले आफ्नै घरमा ट्युसन पढ्न आएको बेला र मुखियाले गएको फागुन १ गते तेक्वान्दो गेम सिक्न गएको बेला सल्लाघारीको एकान्त स्थानमा लगेर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप अभिभावकले लगाएका छन्।
उनीहरुले बालिकालाई राम्रोसँग पढाउने र गेम सिकाउने भन्दै संवेदननशील अंगमा समातेर यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले यही जेठ १९ गते महानगरीय प्रहरी परिसर जगातीमा निवेदन दिएकी छन्।
पक्राउ परेका कोजु र मुखियामाथि थप अनुसन्धान सुरु गरिएको प्रहीले जनाएको छ।

प्रतिक्रिया