काठमाडौं महानगर १६ नयाँबजारस्थित पिपल्स अस्पताल अगाडिको सडकखण्डमा एक मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी घाइते भएका छन्।
बा८३प१९० नं.को मोटरसाइकलले महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष सवारी (सीआरभी) दरबन्दी भई वृत्त लैनचौरको रानीबारी सीआरभीमा बिहान ६ बजेबाट बेलुकी ६ बजेसम्म ड्युटीमा खटिएका प्रहरी गंगा बोहरालाई ठक्कर दिएको हो।
घाइते बोहराको पिपल्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको दुवै खुट्टा र दाहिने हातको कुहिनोमा चोट लागेको छ।
उनी बोल्न सक्ने अवस्थामै रहेका छन् भने मोटरसाइकल चालकलाई वृत्त लैनचौरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया