समाज


विश्वकै अग्लो मानवबस्तीमा ‘डोल्पो महोत्सव’

विश्वकै अग्लो मानवबस्तीमा ‘डोल्पो महोत्सव’

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ९:१०,

विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानवबस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ।

डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनले ‘दर्शन डोल्पोको, आर्जन शान्ति’ भन्ने मूल नारासहित महोत्सव आयोजनाका साथै उक्त विद्यालयको रजत जयन्ती गरिने बताए।

‘डोल्पाको समग्र क्षेत्रको विकासमा डोल्पावासीले सामना गर्नुपरेको चुनौतीका बारेमा सरकारको ध्यानाकृष्ट गराउनु हाम्रो पहिलो उद्देश्य हो’, उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनु र यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु-याउनु दोस्रो उद्देश्यसहित जिल्लाको धार्मिक, सांस्कृतिक र सामाजिकसहित विविध कलाहरु महोत्सवमा प्रदर्शन गरिने छ।’

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त महोत्सवले कर्णाली प्रदेशको पर्यटन आकर्षक गराउने विचार व्यक्त गरे। ‘डोल्पा सबैखाले पर्यटनको धनी ठाउँ हो’ उनले भने, ‘डोल्पाको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ।’

नेपाली कांग्रेस, प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पर्यटन विकास अर्थतन्त्र बलियो बनाउने प्रमुख आधार मध्येको एक भएको बताए।

महोत्सवमा करीब रु एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ। सो अवधिमा डोल्पा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय स्थलहरुको पैदल अवालोकन गराइने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad