कोरोना महामारीको समयम अप्ठ्यारोमा परेकालाई सामाखुसी चोकमा नि:शुल्क खाना वितरण गरिएको छ।
चलचित्र निर्माण सक्रिय रहँदै बएको एबी इन्टरनेसनलले तीन दिनदेखि खाना वितरण गरेको हो।
खाना प्याकेट गरेर सुरक्षित तरिकाबाट दैनिक १० बजेदेखि १२ बजेसम्मको समयमा खाना वितरण गरिएको एबी इन्टरनेसनलका सुमन पन्तले बताए।
पहिलो दिन १०५ जना, दोस्रो देखि १२५ लाई उनीहरुले खाना खुवाएका छन्। आज १५० जनालाई खाना नि:शुल्क खाना खुवाउने पन्तले बताए।
उनीहरुले 'हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ' भन्ने नारा दिएर खाना वितरण गरेका हुन्।

प्रतिक्रिया