ad ad

समाज


काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तर खुकुलो पार्ने निर्णय आज गरिँदै

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तर खुकुलो पार्ने निर्णय आज गरिँदै

नेपालखबर
जेठ १९, २०७८ बुधबार २:८,

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तथा केही खुकुलो पार्ने निर्णय आज (बुधबार) गरिने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निर्णयका लागि आज बिहान ११ बजे तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बस्दैछ।

‘हिजो (मंगलबार) कै बेठकमा मोटामोटी खाका बनिसकेको छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले बुधबार बिहान नेपालखबरसँग भने, ‘आज आधिकारिक निर्णय गर्नेछौं।’

उनका अनुसार जेठभरि निषेधाज्ञा जारी राख्ने र खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भइरहेको छ।

‘तर आधिकारिक निर्णयचाहिँ आजको भर्चुअल बैठकपछि नै सार्वजनिक गरिनेछ,’ उनले भने।

यसअघि तोकिएको निषेधाज्ञाको अवधि भोलि (जेठ २०) गते मध्यरातिबाट सकिँदै छ। प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार निषेधाज्ञा अवधि जेठभरि जारी राख्ने हुँदा अरू १० दिन थपिने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .