समाज


लोपोन्मुख सेतो रतुवा मृग सदर चिडियाखानामा

लोपोन्मुख सेतो रतुवा मृग सदर चिडियाखानामा

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १२:४०,

जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएको छ।

घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो। सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताए।

अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उनले बताए। यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए।

भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको डा. थापाले उल्लेख गरे।

भेटनिरियन डा. थापाले आफूहरुले काठमाडौं उपत्यका र काठमाडौं बाहिरका पनि अप्ठ्यारोमा परेको अवस्थामा भेटिएका जनावरहरुलाई उद्धार गरी संरक्षण गर्ने गरेको बताए।

उद्धार गरिएका जनावरहरु प्राकृतिक वातावरणमा रम्नसक्ने अवस्था भएमा प्राकृतिक वातावरणमै छाडिदिने र प्राकृतिक वातावरणमा उनीहरुको जीवन संकटमा परेको अवस्थामा भने चिडियाखानामै राखेर संरक्षण गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad