समाज


भारतमा ब्ल्याक फंगस भएकी महिलाको आँखा गुम्यो, उपचारमा ५० लाख भारु सकियो

भारतमा ब्ल्याक फंगस भएकी महिलाको आँखा गुम्यो, उपचारमा ५० लाख भारु सकियो

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १२:१५,

विज्ञका अनुसार यो रोग लागेपछि मानिसको बाँच्ने सम्भावना मात्र ५० प्रतिशत हुन्छ।

भारतीय चिकित्सक यो रोग लागेपछि ८० प्रतिशतको आँखाको सर्जरी गर्नुपर्ने र कहिलेकाहीँ मानिसको ज्यान जोगाउन आँखा नै निकाल्नुपर्ने अवस्था आउने बताउँछन्।

यतिबेला भारतका अधिकाँश कोरोना संक्रमणबाट मुक्त भएका मानिसमा यो रोग देखिएको छ। बीबीसीका अनुसार भारतमा हालसम्म ६० भन्दा बढी ब्ल्याक फंगस भएका मानिसको सर्जरी गरिएको छ।

कोरोना संक्रमित हुँदा एस्टोरोयडजस्ता धेरै औषधि प्रयोग गरेका कारण ब्ल्याक फंगस देखा पर्ने विज्ञ बताउँछन्।

हालै ब्ल्याक फंगसको संक्रमणपछि भारतमा एक महिलाले एउटा आँखा गुमाउन बाध्य भएकी छिन्। बीबीसीहिन्दीका अनुसार उनको ज्यान जोगाउन आँखा निकाल्नु परेको थियो।

यस क्रममा उनको उपचारमा हालसम्म ५० लाख भारु पनि सकिसकेकाे छ।

भारतका आँखाका सर्जन डाक्टर सपन शाहका अनुसार ब्ल्याक फंगसको संक्रमणपछि अहमदाबादमा बस्ने ४२ वर्षकी दीपिकाबेन मुकेशभाई शाहको आँखा निकालिएको हो।

डाक्टर सपन भन्छन्,‘गतवर्षको अक्टोबरमा कोरोना संक्रमित बनेकी दीपिकाबेनको हालसम्म चारपटक सर्जरी भइसकेको छ। उनको नाक, आँखा, मुख र अर्को स्थानमा सर्जरी भएको छ।’

उनको ज्यान जोगाउनकै लागि उनको दाहिने आँखा निकालिएको हो। उनको सबै दाँत निकालिएको छ तथा नाकबाट फंगस हटाउन सर्जरी गरिएको छ। सर्जरीको क्रममा दिमागको तल्लो भागको हड्डी पनि निकालिएको छ।

गतवर्षको १४ नोभेम्बरमा उनी दाहिने आँखाले धमिलो देखिएको भन्दै अस्पताल गएकी थिइन्। डाक्टर सपनकाअनुसार उनी त्यसबेला कोरोनाको उपचार गराइरहेकी थिइन्, उनी बढी मात्रामा स्टेरोयडको सेवन गरिरहेकी थिइन्।

डाक्टर सपन भन्छन्,‘जब दीपिकाबेन मलाई भेट्न आउनु भएको थियो उहाँको अवस्था खराब भइसकेको थियो। मैले उहाँलाई आँखा निकाल्न सल्लाह दिएको थिए र दुईदेखि तीन दिनपछि आँखा निकाल्ने फैसला भएको थियो।’

दीपिकाबेनका अनुसार उनलाई २० दिनसम्म कोरोनाको संक्रमण भएको थियो। कोरोनाले गम्भीर असर गरेपछि उनको वजन ८२ बाट ५० मा झरेको थियो।

सुरुवातमा डायबिटीज नभएकी उनको कोरोनापछि सुगर लेभल ५५० सम्म पुगेको थियो। कोरोनाको बेला आफूले धेरै औषधि प्रयोग गरेको उनको भनाइ छ।

ब्ल्याक फंगसको उपचारमा हालम्म आफ्नो ५० लाख भारु गुमिसकेको पनि उनको भनाइ छ। उनको एउटा आँखा गुमेको छ भने दाँतहरु नक्कली हाल्नु परेको छ।

ब्ल्याक फंगसबाट बच्न तीन महिनासम्म लगातार इन्जेक्सन लगाएको र प्रति इन्जेक्सनको आठ हजार भारु तिरेकाे उनको भनाइ छ।

‘एक दिनमा ६ इन्जेक्सन लगाउनुपर्ने भएपछि दैनिक ४८ हजार भारु अस्पताललाई बुझाउनु पर्थ्यो’ उनी भन्छन्।

अझै केही उपचार बाँकी रहेको दीपिकाबेन सुनाउँछिन्। बीबीसीहिन्दी

यो पनिः कोरोना निकोपछि कस्ता मानिसलाई हुन्छ आँखा बिगार्ने घातक ब्ल्याक फंगस?

ब्ल्याक फंगसबाट हरियाणामा ५० को मृत्यु, ६ सय ५० को उपचार जारी, के हो यो रोग?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad