काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि अरू एक हप्ता थप्ने तयारी भइरहेको छ।
त्यसका लागि आज तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक बसिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालखबरलाई जानकारी दिए।
‘अब आउने २० गतेबाट निषेधाज्ञाको अवधि सकिँदैछ, तर कोरोना संक्रमण अझै कम नभएकाले २१ गतेदेखि अरू एक हप्ता थप्ने सोच बनाइएको छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले मंगलबार बिहान भने, ‘आज हामी तीन जिल्लाका सीडीओ बैठक बस्छौं र निर्णय गर्छाैं।’
साथै निषेधाज्ञा केही खुकुलो पार्ने सम्बन्धमा पनि विचार भइरहेको उनले बताए।
‘खाद्यान्न पसलचाहिँ खोल्न दिने कि भन्ने विषयमा पनि हामीबीच छलफल भइरहेको छ,’ उनले भने।
के के खोल्न दिने भन्ने विषयमा बैठकपछि नै अन्तिम टुंगो लाग्ने उनले बताए।
उपत्यकामा गत वैशाख १६ गते सुरु निषेधाज्ञाको अवधि तेस्रोपटक थपेर यही जेठ २० गते मध्यरातिसम्म पुर्याइएको हो। अब २ दिन बाँकी छ।
Shares

प्रतिक्रिया