समाज


बारबरा फाउन्डेसनद्वारा स्वास्थ्यकर्मीलाई १ करोड राशीको पुरस्कार घोषणा

बारबरा फाउन्डेसनद्वारा स्वास्थ्यकर्मीलाई १ करोड राशीको पुरस्कार घोषणा

नेपालखबर
जेठ १७, २०७८ सोमबार १२:२९,

बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंतीमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशेष सम्मानको घोषणा गरेको छ।

फाउन्डेसनले डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकलाई विशेष सम्मानको घोषणा गरेको हो। सम्मान राशी १ करोड १ रुपैयाँको हुने फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइत एक विज्ञप्ति जारी गर्दै बताएका छन्।

फाउन्डेसनका सदस्य तथा उद्यमी सुहिृद घिमिरेको तर्फबाट उक्त रकम प्राप्त फाउन्डेसनले जनाएको छ। अग्रपक्तिका सिपाहीका रुपमा अनवरत लागि पर्ने स्वास्थ्यकर्मीहरुको भूमिका यो समयमा महत्वपूर्ण रहेको रुइतले बताएका छन्।

'नेपालको विकट हिमाली क्षेत्रदेखि तराईसम्मका विभिन्न चुनौतीपूर्ण भूगोलमा बसेर सिमित श्रोत साधनलाई व्यवस्थापन गर्दै दैनिक आउने चुनौतीका वावजुद विरामीको जीवन रक्षाको लागि लागि पर्नु पक्कै सहज छैन,' विज्ञप्तिमा भनिएको छ, 'व्यक्तिगत तथा पारिवारिक जीवनलाई तिलाञ्जली दिएर मानवीय कार्यमा खट्ने हरेक महान व्यक्तिहरुको आजको अवस्था हेर्दा उहाँहरुको प्रशसां जति गरे पनि कमै हुन्छ।'

 स्वास्थ्यकर्मीको पेशाभन्दा माथिको मानवताप्रतिको समर्पण फाउन्डेसनका कार्यकारिणी सदस्य घिमिरेले उक्त रकम प्रदान गरेको बताइएको छ।

घिमिरे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष तथा किया मोर्टसको नेपालका एकमात्र आधिकारिक विक्रेता पनि हुन्।

उनले छोरी अदिति घिमिरेकोको 'हाम्रो पनि स्वास्थ्यकर्मीहरुप्रति केही न केही उत्तरदायित्व छ। उहाँहरुप्रतिको सम्मानमा कुनै तरिकाले आवद्धता देखाउनुपर्छ', भन्ने भावबाट प्रेरित भएर उक्त रकम प्रदान गर्न लागेको बताएका छन्।

देशका सरकारी, सामुदायिक वा गैह्रनाफामुलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येवाट निष्पक्ष छनौट गर्नको लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्कीलगायत रहेको एक निर्णायक समिति गठन गरिएको फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .