खेल


जिदान भन्छन्ः पैसाभन्दा ठूलो सम्बन्ध हो, क्लबले विश्वास नगरेपछि मड्रिड छाडे

जिदान भन्छन्ः पैसाभन्दा ठूलो सम्बन्ध हो, क्लबले विश्वास नगरेपछि मड्रिड छाडे

नेपालखबर
जेठ १७, २०७८ सोमबार १२:२७,

उनले आफ्नै खुशीले रियल मड्रिड छाडेका हुन्। तर क्लबबाट राजीनामा दिइसकेपछि भने उनले क्लब छाड्नुका कारणहरु बारे खुलाएका छन्।

उनले आफ्ना फ्यानहरुलाई खुलापत्र लेख्दै भनेका छन्,‘क्लबले मलाई विश्वास गर्दैन भन्ने लागेपछि मैले रियल मड्रिड छाडेको हुँ।’

सन् २०२०–२१ को सिजनमा जिदानको नेतृत्वमा मड्रिडले कुनै पनि उपाधि नउचालेपछि जिदानले राजीनामा दिएका हुन्। तर क्लबले उनलाई क्लब छाड्न भने कुनै दबाब दिएको थिएन।

तर ४८ वर्षका जिदान भन्छन्,‘मैले फुटबल बुझेको छु र रियल मड्रिडजस्तो क्लबको माग कस्तो हुन्छ मलाई थाहा छ’ उनी भन्छन्,‘मलाई थाहा छ जब टोलीले हार्छ तिमीले क्लब छाड्नुपर्छ। क्लबले ममाथि विश्वास गर्दैन भन्ने लागेपछि मैले क्लब छाडेका हुँ।’

यद्यपी उनले क्लब छाडेर गएपनि कसैलाई दोष दिन नचाहने र प्रशिक्षण गराउन पनि नछाड्ने उनले बताएका छन्।

जिनेदिन जिदानले सन् २०१५–१६ देखि मड्रिडमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनले सो क्लबको लागि लगातार ३ पटक क्लबलाई च्याम्पियन्स लिग जिताएका थिए।

दोस्रो कार्यकालको लागि क्लबमा आएपछि भने जिदानले क्लबका लागि यस सिजन उपाधि दिन नसकेका हुन्।

जिदानका अनुसार प्रशिक्षकले क्लबका लागि गरेको त्याग र प्रयासको आदर गरिनुपर्छ। रियल मड्रिड र त्यहाँका फ्यानहरुसँग आफ्नो गहिरो नाता भएता पनि पछिल्लो समय क्लबले आफूमा विश्वास गर्न छाडेको उनको भनाइ छ।

उनले एकै सिजनको आधारमा आफूमाथिको आस्था क्लबले त्यागेको संकेत गरेका हुन्।

उनी भन्छन्,‘म हामीले हासिल गरेका उपलब्धीको सम्मान होस् भन्ने चाहन्छु। मैले केही महिना नभएर लामो समयसम्म राम्रो सम्बन्ध अपेक्षा गरेको थिए। मैले सुविधाहरु खोजिरहेको थिइन् केबल सम्मान चाहेको थिए। पैसाभन्दा ठूलो विषय राम्रो सम्बन्ध हो जसलाई फक्राउनुपर्छ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .